रामचन्द्र पाैडेलकाे चेतावनीले कोरोना घाेटालाका हाइप्राेफाइल कम्युनिस्टहरूकाे ओठमुख सुक्याे

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताको छानविन गर्न माग गरेका छन् ।

शुक्रबार बिहान नेता पौडेलले फेसबुक लाईभमार्फत भ्रष्टाचारमा जो सुकै भएपनि तत्काल छानविन गरि कारवाहीको माग गरेका हुनु । उनले स्वास्थ्य सामग्री खरिदमा अहिले पनि सरकार दुविधामा रहेको बताए । पाैडेलकाे चेतावनीले हाइप्राेफाइल कम्युनिस्टहरूकाे हाेस् उडेकाे छ ।

नेता पौडेलले भने, ‘स्वास्थ्य सामग्री खरिदमा सरकारमा रहेका मन्त्रीहरू ‘जी टू जी’मार्फत खरिद संभव नहुने बताउने तर, मन्त्रिपरिषदले त्यही निर्णय गरेर आममान्छेमा दुविधा बनाउने काम भयो ।’

‘यो सबै दुविधा कतै स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार ढाकछोपका लागि त होइन ?’, उनले आशंका व्यक्त गरे ।

वरिष्ठ नेता पौडेलले सेनाले खरिद गर्दा अख्तिारले छानविन गर्दैन भन्ने मानसिकतामा सरकार देखिएको भन्दै सबै कुरा सेनालाई दिनुपर्ने अन्य क्षेत्रप्रति किन अविश्वास सृजना गरिँदै छ भनेर प्रश्न गरे ।

संकटको बेलामा स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार हुनु दुर्भाग्यपूर्ण भन्दै कांग्रेस नेता पौडेलले चीनमा कोरोनाको संक्रमण देखिएकै अवस्थाबाट किन सरकारले प्रयाप्त तयारीमा नलागेको भनि प्रश्न गरेका छन् ।

पौडेलले भ्रष्टाचारका कारण सरकारमा जनताप्रतिको सेवाभाव हराएको बताउँदै भ्रष्टाचारबाट पैसा जम्मा गरेर त्यही पैसाका भरमा चुुनाव कब्जा गर्ने मनोवृति देखिएको बताए ।

वरिष्ठ नेता पौडेलले कोरोनाको संक्रमणले संघीयताको औचित्य पुष्टि भएको बताए । उनले स्थानीय तहले संकटका बेलामा देखाएको कामले संघीयता र स्थानीय तहको अधिकार आवश्यक थियो भन्ने पुष्टि भएको बताए ।

उनले स्थानीय तहले क्वारेन्टाईन बनाउनेदेखि गरिब विपन्नलाई राहत दिने जस्ता काम स्थानीय तहले गरेकोमा प्रशंसा समेत गरेका छन् ।

पौडेलले स्थानीय तहमा जनप्रतिनीधिलाई प्रशिक्षित बनाउन सकेको भए संकटका बेलामा अझै क्षामता देखाउन सक्ने पनि स्पष्ट पारेका छन् ।

पौडेलले राज्यले केही राम्रा काम गरेको भएपनि प्रयाप्त काम गर्न नसकेको बताए । उनले राज्यको भूमिका बारेमा सरकारमा बसेकाहरूले नजरअन्दाज गरेको बताउँदै संकटका बेलामा राज्यको भूमिका खड्किएको आमनागरिकले महशुस गरेको बताए ।

पौडेलले कोरोना भाइरसको संक्रमणबाट नेपालमा आतिनुपर्ने अवस्था नभएको भन्दै संयमित भएर आत्माविश्वास बढाएर सरकारले जारी गरेको लकडाउनलाई विवेकपूर्ण उपयोग गर्न आम नागरिकलाई आपील गरे ।

कोरोना भाइरसका कारण विश्वमा वजारीकरणका कारण हराउँदै गएको मानवीयता र वातावरण विरोधी कामको समीक्षा गर्नुपर्ने बेला आएको उनले बताए । उनले विश्वलाई बजारीकरणका कारण गुमाउँदै गएको मानव–मानवबीचको सदभाव र मानवीयता देखाउने अवसर मिलेको पनि बताए ।

उनले अब विश्वले विकासको मोडेल पनि परिवर्तन गर्नुपर्ने बताएका छन् । पौडेलले विकासको मोडेल परिवर्तन गरि प्रकृति मैत्री विकासको मोडेललाई आगाडि बढाउन विश्व लाग्नुपर्ने बताए ।

वरिष्ठ नेता पौडेलले संक्रमण फैलिएका मुलुकबाट आएका नागरिकको पहिचान गर्न नसकेको कारण आम नागरिकमा त्रास फैलिएको भन्दै विदेशबाट आएका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा आफूलाई पुर्‍याउँदै स्थानीय तहको सम्पर्कमा बसी राज्यलाई संकटमा सहयोग गर्न समेत अपील गरेका छन् ।

वरिष्ठ नेता पौडेलले आम नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई स्थानीयस्तरमा आफै निर्वाचित जनप्रतिनिधि जस्तो भएर आफू र आफ्नो समाज जोगाउने काम लाग्न निर्देशन दिए ।

Published : Friday, 2020 April 3, 12:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया