औकातमा आए दुधौलीमा अरिँगालहरू, कांग्रेसले नाङ्गेझार बनाउने, पहाडीद्वारा आरोप खारेज
सिन्धुली । सिन्धुली जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेताहरूले नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूको तेजोबद्ध गर्न थालेका छन् ।
नेकपाका ‘अरिँगाल’हरूले कोरोना भाइरसको संक्रमण रोकथामका लागि सिङ्गो देश लकडाउनमार्फत संघर्ष गरिरहेका बेला कम्युनिस्टहरू सिन्धुलीमा कांग्रेस र कांग्रेसका नेताहरूलाई बदनाम गर्न सक्रिय भएका हुन् ।
केन्द्रको सरकारमा चीनबाट कोरोना भाइरसको संक्रमण रोकथाम, उपचार र सुरक्षाका सामग्री खरिद प्रकरणमा उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र विनमानको भाडा प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई मुछिएका बेला सिन्धुलीका नेकपाका नेताहरूले कांग्रेसमाथि धावा बोलेका छन् । आफूहरू मास्क घोटाला र विभिन्न प्रकरणबाट बच्न कांग्रेसमाथि आरोप लगाउन थालेका छन् ।
दुधौली नगरपालिकाका मेयर एवम् नेकपाका नेता घनश्याम रावतले मास्क वितरणमा भेदभाव गर्दै कांग्रेसले जितेको वडामा हर्कत देखाएपछि उत्पन्न भएको विवादलाई नेकपाका अरिँगालहरूले मास्क हिनामिनाको आरोप लगाएका छन् ।
दुधौली नगरपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका नेता गोविन्द पहाडीले जितेका छन् । आफू वडाध्यक्षमा निर्वाचित भइसकेपछि पहाडीले भत्ता र अतिरिक्त सुविधा नलिने घोषणा गरे । त्यति मात्रै होइन वडाध्यक्ष पहाडीले नगरपालिकाका मेयर रावतले वडाध्यक्षहरूलाई दिएको सरकारी सुविधाको मोटरसाइकल पनि लिन अस्वीकार गरे ।
सुविधाको मोटर साइकल र भत्तासहितका अतिरिक्त सेवा सुविधा लिन अस्वीकार गरेका कांग्रेस नेता एवम् वडाध्यक्ष पहाडीलाई एक हजार मास्कमा घोटाला गर्यो भनेर नेकपाका अरिँगालहरूले प्रचारबाजी गरेका छन् । पहाडीले मास्कमा राजनीति नगर्न नेकपालाई चेतावनी दिएका छन् । उनले संकटका बेला राजनीति गर्नेभन्दा पनि मिलेर जनतालाई सुविधा र सेवा दिनुपर्ने बताएका छन् ।
वडाध्यक्ष पहाडीले नेकपाले आफूमाथि मास्कलाई लिएर राजनीति गरेको आरोप लगाएका छन् । मेयर रावतले पठाएको मास्क सचिवमार्फत वडाका विभिन्न समूह र संस्थामार्फत स्थानीय सर्वसाधारणमा वितरण गरिएको बताए । उनले भने, ‘२५ सय मास्क मेयरले पठाएको भन्नुभएको थियो । सचिवमार्फत बुझेर सबै वितरण गरिएको छ । त्यसमा केही मास्क काम नलाग्ने पनि थिए ।’
यसरी शुरु भयो नेकपा र मेयर रावतको राजनीति
कोरोना भाइरसको संक्रमणका कारण पूरै देश लकडाउनमा छ । दुधौली नगरपालिकाका मेयर एवम् नेकपाका नेता घनश्याम रावतले नगरपालिकाको पैसाले मास्कहरू खरिद गरे । मेयर रावतसँग वडा नम्बर १ का वडाध्यक्ष एवम् नेपाली कांग्रेसका नेता गोविन्द पहाडीले मास्क माग गरे । मेयर रावतले २५ सय मास्क पनि पठाइदिए ।
वडाध्यक्ष पहाडीले वडा सचिवमार्फत बुझेर स्थानीय संघ, संस्थामार्फत सर्वसाधारणलाई वितरण गरे । प्राप्त मास्कमा केही मास्कहरू काम नलाग्ने थियो । यसको जानकारी वडाध्यक्ष पहाडीले मेयर रावतलाई गराएका थिए ।
वडाध्यक्ष पहाडीले मास्क अपुग भएको भन्दै मेयरसँग थप मास्क माग गरेका थिए । मेयर रावतले पनि मास्क पठाइदिने आश्वासन दिए । मास्क वडा नम्बर १ मा आयो । तर, नेकपाका नेता एवम् कार्यपालिकाका सदस्य डिल्लीबहादुर भुजेलमार्फत । यसअघि वडाध्यक्ष पहाडीले मास्क वितरण गर्दा नेकपाका स्थानीय नेताहरूलाई मनमा चिसो पसेको थियो । वडा नम्बर १ नेपाली कांग्रेसको गढ मानिन्छ ।
कांग्रेसको गढ भत्काउन मेयर रावत र नेकपाका स्थानीय नेताहरूको डिजाइनमा वडाध्यक्ष पहाडीमार्फत मास्क वितरण गर्ने योजना खारेज गरियो । त्यसका लागि वडाध्यक्ष पहाडीले मास्कमा घोटाला गर्यो भनेर नेकपाका अरिँगालहरूले प्रचारवाजी शुरु गरे । एकद्वार प्रणालीबाट सहायताहरू वितरण गर्ने निर्णय गरेका मेयर रावतले आफ्नै निर्णयलाई उल्लंघन गरेर वडाध्यक्ष पहाडीलाई बाइपास गरेर सदस्यमार्फत मास्क वितरण गरे ।
नगरपालिकाले दिएको सुविधाको मोटरसाइकल र अन्य अतिरिक्त सुविधा नलिएका वडाध्यक्ष पहाडीलाई नेकपाका नेताहरूले राजनीतिक प्रतिशोध साँध्न मास्क प्रकरणमा मुछेका छन् । नगरपालिकाकाे पैसाले किनेर वितरण गरिएकाे मास्कलाई नेकपाका स्थानीय नेताहरूले व्यक्तिगत रूपमा किनेर वितरण गरेर जस्तै गरी प्रचार प्रसार गरेका छन् ।
केन्द्रमा कम्युनिस्टको सरकार छ । कोरोनाको सामग्री चीनबाट खरिद गदौ करोडौँको घोटालामा मुछिएका कम्युनिस्टले कांग्रेसका नेता र जनप्रतिनिधिहरूलाई विवादमा मुछ्न थालेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया