दिल्लीको नेपाली दूतावासमा कोरोना प्रकरण, कांग्रेस नेताले गरे भण्डाफोर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले नेपाल सरकार र भारत सरकारले कोरोना भाइरसको संक्रमण रोकथामका लागि आफूहरूले मिलेर काम गर्न चाहेको बताएका छन् ।

पाण्डेले बिहीबार विज्ञप्ति जारी गरेर कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल–भारतले गरेको निर्णयको स्वगत गरेका छन् ।

नेपाली जनसम्पर्क समिति भारतले नेपाल सरकारको साथ कोरोना भाइरसको सक्रमण रोकथाम र नियन्त्रणका लागि काम गर्न चाहेको पाण्डेले जनाएका छन् ।

‘भारत भरिरहेका हजारौँको संख्यामा नेपाली बेरोजगारी, बिमारी, बाटोमा अलपत्रको संख्या छन् । यस आपतमा नेपाली राजदूतावास नयाँ दिल्लीले मात्र सीमित साधन, अधिकारीहरूबाट हुन सक्दैन’, विज्ञप्तिमा भनिएको छ, ‘हामी सबै मिलेर काम गर्ने, सबैको दायित्व पनि हो ।’

‘राजदूतावासले हेल्प डेक्समार्फत नेकपा समर्थक साथीहरूलाई मात्र अधिकारिक सहयोगीको लिस्ट भनि वितरण गरिनु महामारी जस्तो दुखद् अबस्थामा नेपाल र नेपालीलाई सेवा गर्नुपर्ने अवस्थामा सत्तारुढ दलको सचिवालयको हिसावले हेल्प डेक्समार्फत गरिएको कार्यको हामीलाई घोर आपत्ति छ’, अध्यक्ष पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘सबै नेपाली र नेपालको लागि सहयोगी पवित्र भावनाले काम गरियोस् साथै नेपालीहरूका समस्या समाधान गर्ने यथाशीघ्र पहल गरियोस् भन्ने जोडदार माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

‘नेपाल र भारत सरकारको निर्णय राजदूतावासको सुझाबअनुसार भारतभरि बेरोजगारी मजदुर असाय बिमारी सबैललाई लकडाउन हुँदासम्म रोकिनुस् खान, औषधि नभए नेपली राजदूतावास र हामी मिलेर गर्दछौँ भनि ठूलो संख्याका नेपालीहरूलाई हामी सक्दो सहयोग गर्दै रोकेका छौँ’, विज्ञप्तिमा भनिएको छ ।

‘लकडाउनपछिको यति ठूलो संख्याको नेपालीहरूलाई कसरी सुविधा दिने र नेपाल सरकारको नियमपालन गरि कसरी नेपाल पु¥याउने विषयमा पनि योजना बनाउँदै उनीहरूका समस्या समाधान गर्ने यथाशीघ्र पहल गरियोस् भन्ने जोडदार माग गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाल सरकारको लक डाउनका कारण भारतका विभिन्न ठाउँमा अलपत्र परी बीचमा फसेका नेपालीहरूलाई सुरक्षित नेपाल सरकारको नियमअनुसार नेपालसम्म पुर्‍याउन यथाशीघ्र पहल गरियोस्’, अध्यक्ष पाण्डेले भनेका छन् ।

Published : Thursday, 2020 April 2, 11:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया