कांग्रेस नेता एवम् जलजलाका अध्यक्ष मल्लले दिए कोरोना कोषमा दुई लाख

पर्वत । लोकतन्त्रको वास्तविक परिभाषा भनेकै ‘जनताले, जनतालाई, जनताद्वारा गरिने शासन’ हो । चुनाव जितेपछि धेरै जनप्रतिनिधिले जनतामा गरेका पूर्व बाचाहरू बिर्सेर आफ्नो दुनो सोझ्याउन लागेको पाईन्छ ।

पर्वत जिल्लाको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ आफू जनप्रतिनिधि भएपछि निरन्तर गाउँपालिकाको विकास र गाउँपालिकाबासीको समृद्धिका लागि खटिएका छन् । उनी अहिले जनताको सुख, दुःखको सच्चा सहयात्री बनेका छन् ।

पछिल्लो चरणमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण न्यूनीकरणका लागि पनि अध्यक्ष मल्लले देखाएको सक्रियता र तत्परताले पनि जनताप्रतिको प्रेम र पदीय जिम्मेवारीप्रतिको निष्ठालाई थप उजागर गरेको छ ।

नेपाली कांग्रेसका नेता समेत रहेका अध्यक्ष मल्लले गाउँपालिकामार्फत बिहीबार ३० लाखको आपतकालीन कोष खडा गरेका छन् । कोषमा आफूले व्यक्तिगत रुपमा दुई लाख नगद सहयोग पनि गरेका छन् ।

कार्यपालिकाको बैठकले गाउँपालिकाभित्र मजदुरी गरेर जीविकोपार्जन गरि बस्ने श्रमिकहरूलाई राहत दिने निर्णय गरेको छ ।

गाउँपालिकाले पहिलो चरणमा १२ लाख बराबरको राहत बाँड्ने गरि मापदण्ड तयार गरेको अध्यक्ष मल्लले जानकारी दिएका छन् ।

‘बैठकले गाउँपालिकास्थित मोहनचोकमा २० वटा बेडको क्वारेन्टाइन स्थापना गर्ने र कुश्मामा स्थापना भएको आईसोलेशन वार्डका लागि ७ लाख रूपियाँ सहयोग गर्ने निर्णय गरेका छौं’, अध्यक्ष मल्लले भने ।

अध्यक्ष मल्लले आफूले सहयोग गरेको व्यक्तिगत दुई लाख रकम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मालाई हस्तान्तरण गरेका छन् ।

अध्यक्ष मल्लले यसअघि पनि कुश्माको अर्मादीदेखि बगरफाँटसम्म कोरोनाविरुद्धको औषधि (क्लोरिन) छर्किनको लागि व्यक्तिगत रुपमै ३० हजार रूपियाँ खर्च गरेका थिए ।

गाउँकार्यपालिकाले बिपद् कोषमा राहत सामाग्री साथै नगद सहयोग गर्नका लागि सबै दाताहरूलाई आव्हान समेत गरेको छ ।

सहयोगीहरुले गाउँपालिकामा सम्पर्क गर्न सक्ने बताउँदै गाउँपालिकाभित्र एकद्धार प्रणालीबाट राहत वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।

Published : Thursday, 2020 April 2, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया