कोरोनाका सामग्री खरिद प्रकरणका दोषीलाई जेल हाल्न कास्की तरुणको माग

पोखरा । नेपाल तरुण दल कास्कीले चीनबाट खरिद भएको मेडिकल सामग्री घोटालाको छानविन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

कास्की तरुण दलका अध्यक्ष मनोज गुरुङले बिहीबार विज्ञप्ति जारी गरेर स्वास्थ्य सामग्री प्रकरणको छानविनका साथै ती सामग्रीहरूको गुणस्तरका विषयमा जनतालाई सत्यतथ्य जानकारी दिन माग गरेका हुन् ।

‘खरिद गरिएका मेडिकल सामग्रीको विश्वसनीयता, गुणस्तर र खरिद अपारदर्शिताबारे तरुण दल कास्कीको ध्यानआकर्षित भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसको सत्यतथ्य छानविन र दोषीउपर कारबाहीको माग गर्दछौँ ।’

तरुण दल कास्कीका अध्यक्ष गुरुङले कोरोना भाइरसको संक्रमण रोकथामका लागि प्रभावकारी कार्य गर्न सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।

‘कोरोना भाइरसको संक्रमणका बेला अग्रपंक्तिमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मी, अस्पतालकर्मी, एम्बुलेन्स चालकहरूलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) उपलब्ध गराउन माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

‘सम्भावित संक्रमणलाई रोक्न संक्रमित व्यक्ति कन्ट्याक्ट ट्रेसिङ, नमूना, स्वाव परीक्षण द्रुत बनाउनुपर्ने जनाएको कास्की तरुण दलले सहज परीक्षण र छिटो नतिजा निकालेर सार्वजनिक गर्न पनि माग गरेको छ ।’

‘तरुण दलले ज्वरो आउनेवित्तिकै बिरामीले उपचार नपाएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, अध्यक्ष गुरुङले भनेका छन्, ‘यस्ता घटनामा संवेदनशील भई सर्वव्यापी उपचारको सुनिश्चितता गर्नुपर्छ । सामान्य अवस्थाका बिरामीको उपचारका लागि अस्पाल तोकिनुपर्छ ।’

‘लकडाउनका कारण गण्डकी प्रदेशका विभिन्न भू–भागमा अलपत्र रहेका नागरिकहरूको व्यवस्थापन अति विपन्न, दैनिक ज्यालादारी, मजदुर तथा असहायलाई आवश्यक राहत सामग्री तिवरण र पहुँचको माग गर्दर्छौं’, गुरुङले भनेका छन् ।

‘दैनिक उपभोग्य बस्तु, खाद्य सामग्री, ग्यास लगायतका सामग्री सर्वसुलभ रुपमा उपलब्ध, तिवरण र आपूर्ति गर्न र फोहोरमैला व्यवस्थापन गर्नुपर्छ’, विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण नागरिकले विषम पस्थितिमा देशले निर्देशित गरेको लडकडाउनलाई पालना गर्नुपर्छ ।’

Published : Thursday, 2020 April 2, 9:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया