कांग्रेस नेता एवम् राप्तीका अध्यक्ष सुवेदीले भने, ‘अति बिपन्न परिवार राहतमा छुट्नु हुँदैन’

तीर्थराज ज्ञवाली

मसुरिया । दाङको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले लकडाउनका बेला अति विपन्न परिवारलाई सरकारी राहतबाट छुटाउन नहुने बताएका छन् ।

नेपाली कांग्रेसका नेता समेत रहेका गाउँपालिकाका अध्यक्ष सुवेदीले वडाध्यक्षहरूलाई निर्देशन दिँदै बास्तविक पीडित व्यक्तिहरूलाई राहत दिनुपर्ने बताए ।

उनले लगडाउनको पालना गर्ने विपन्न घरधुरीलाई परिवारको संख्याका आधारमा खाद्य सामाग्री उपलब्ध गराउनुपर्ने बताए ।

टोल, बस्ती, गाउँमा स्वयं उपस्थित भई अति विपन्न परिवारको खाजी गरि राहत प्रदान गर्न गाउँपालिका अध्यक्ष सुवेदीले वडाध्यक्षहरूलाई निर्देशन दिएका हुन् ।

‘लकडाउनका कारण समस्यामा पर्नुभएका अति विपन्न परिवारहरूले आफ्ना जनप्रतिनिधिहरूलाई सम्पर्क गर्न मेरो अपील छ’, उनले भने, ‘पीडितहरू कोही पनि छुट्नु हुँदैन । गाउँपालिका सधैँ पीडितहरूको साथमा छ ।’

अध्यक्ष सुवेदीले हालको अवस्थाको उच्च मूल्याङ्न गर्दै स्थानीय सरकार गाउँपालिकाले विभिन्न खालको उपचार, क्वारेन्टाइन, आईसोलेसन, तथ्याङ्क लिने राहत, तथा सहयोगको कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

उनले केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारको नीति नियमअनुसार बजेटका आधारमा राहतका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन् ।

Published : Thursday, 2020 April 2, 7:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया