भक्तपुरमा कोरोनाको नमूना परीक्षण शुरु

भक्तपुर । भक्तपुर जिल्लाको मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना संक्रमणको परीक्षण हुने भएको छ ।

नगरपालिकाले कोरोना भाइरस परीक्षण गर्ने ल्याब स्थापना गरेको दुई हप्तापछि आधिकारिक रुपमा बिहीबारबाट कोरोना परीक्षण शुरु गरेको हो ।

यसअघि नगरपालिकाले कोरोना संक्रमणको आशंका लागेका बिरामीको नमूना संकलन गरी टेकु अस्पताल पठाउँदै आएको थियो ।

यो अस्पताल कोरोना भाइरस परीक्षण गर्ने जिल्लाकै पहिलो अस्पताल बनेको छ ।

कोरोना भाइरसको परीक्षण गर्ने ल्याब, एम्बुलेन्स, आइसोलेसनदेखि क्वरेन्टीनसम्म तयारी अवस्थामा राखेको छ ।

ल्याबमा मलेकुलर ल्याब र हिस्टो ल्याब संचालनमा ल्याइएको छ भने यो ल्याबमा विभिन्न रोगहरु सार्स, डेंगु, स्वाइनफ्लू लगायत क्यान्सर एवं शरीरका विभिन्न अंगका ट्यूमरहरुको समेत परीक्षण गर्न सकिने भएको छ ।

Published : Thursday, 2020 April 2, 6:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया