मुख्यमन्त्री पोखरेललाई कांग्रेससहितका दलहरूले दिए तनाब, थापाको परिवार मैदानमा आयो

बुटवल । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसन वार्डमा उपचारका क्रममा मृत्यु भएका ३४ वर्षीय बाबुराम थापाको पाँच दिनसम्म पनि शव उठ्न सकेको छैन् ।

वैदेशिक रोगजारीका लागि दुवई गएका थापा फर्केपछि उपचारका लागि कोरोना अस्पताल आएका थिए ।

अस्पालमा उपचार गर्दागर्दै गत आईतबार मृत्युभएपछि थापाका आफन्तले शव बुझेका छैनन । थापाका आफन्तले अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै शव नबुझेपछि कांग्रेससहितका राजनीतिक दलहरूले समेत साथ दिएका छन् ।

उपचारमा अस्पतालको लापरवाहीका कारण पतिको मृत्यु भएको भन्दै पत्नी रीता थापाले न्याय नपाउंँदासम्म शव नबुझ्ने अडान लिएकी छन् ।

नेपाली कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत विभिन्न संघसंस्थाले थापाको उपचार प्रकृयाको स्वतन्त्र र सर्वपक्षीय समितिमार्फत छानविन गर्न र पीडित परिवारलाई उचित राहत दिन माग गरेका छन् ।

नेपाली कांग्रेस रुपन्देही ५ का प्रदेशसभा सदस्य फखरुद्दिन खान र रुपन्देही ३ की प्रदेशसभा सदस्य रमा अर्यालले थापाको उपचारमा अस्पतालको गम्भीर लापरवाही भएको बताएका छन् ।

उनीहरूले थापाको मृत्यु भएको विषयमा सर्वपक्षीय स्वतन्त्र छानविन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउन, दोषीलाई कारवाही गर्न र पीडित परिवारलाई उचित राहत प्याकेजको व्यवस्था गरी मृतकको शब उठ्ने वातावरण बनाउन मुख्यमन्त्री शंकर पोखरेलको ध्यानाकर्षण गराएका छन् ।

उनीहरूले बुझाएको ध्यानाकर्षण पत्रमा कोरोना विशेष नामाकरण गरिएपनि भेन्टिलेटर, आइसीयू जस्ता आवश्यक उपकरण जडान नै नगरी अस्पतालमा बिरामी भर्ना गर्नु, १३ गते भर्ना भएका बिरामीको चार दिनसम्म स्वाब परीक्षण गर्न नपठाउनु अस्पताल र चिकित्सकको गम्भीर लापरवाही रहेको उल्लेख छ ।

उनीहरूले मृतक परिवारको आर्थिक अवस्था अत्यन्त नाजुक रहेको उल्लेख गर्दै दुईजना नाबालक छोराको पालनपोषण र शिक्षाको प्रबन्धका लागि प्रदेश सरकारले राहत दिनुपर्ने माग गरेका छन् ।

Published : Thursday, 2020 April 2, 6:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया