धरानको क्याम्पसमा नेविसंघद्वारा खाद्यान्न वितरण

धरान । सुनसरी जिल्लाको धरानमा नेपाल विद्यार्थी संघ (नेविसंघ) लकडाउनका कारण समस्यामा परेका ३५ जना विद्यार्थीलाई खाद्य सामग्री निःशुल्क वितरण गरेको छ ।

धरानमा रहेको महेन्द्र बहुमखी क्याम्पसका होस्टेलमा बस्दै आएका ३५ जना विद्यार्थीलाई नेविसंघ क्याम्पस ईकाइ समितिले बुधबार खाद्य सामग्री तिवरण गरेको नेविसंघका सचिव

दोर्ची शेर्पाले जानकारी दिए । उनले लकडाउनका कारण सामस्यामा परेका विद्यार्थीलाई दल दिन पुग्ने गरेर खाद्य सामग्रीहरू उपलब्ध गराएको बताए ।

होस्टेलमै पुगेर नेविसंघका नेताहरूले दश दिनलाई पुग्ने खाद्यान्नहरू (चामल, दाल, तेल, नुन)को पोका बनाएर उपलब्ध गराएका हुन् ।

Published : Wednesday, 2020 April 1, 9:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया