खोटाङमा कांग्रेस नेतृ राईद्वारा निजी खर्चमा २५ घरलाई खाद्य सामग्री वितरण

हलेसी । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख तथा नेपाली कांग्रेसकी नेतृ विमला राईले अति विपन्न परिवारलाई खाद्य सामग्रीहरू वितरण गरेकी छिन् ।

राईले नगरपालिकाको वडा नम्बर–७ महादेवस्थानमा रहेका २५ घरधुरी दलित तथा विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेकी हुन् ।

उपमेर राईले निजी खर्चमा विपन्न परिवारलाई ४ सय २० किलो चामल वितरण गरेकी हुन् ।

कांग्रेस नेतृ राईले लकडाउनका बेला आफ्ना नागरिकहरूलाई निःशुल्क रुपमा खाद्य सामग्री वितरण गरेर मानवता देखाएकी छिन् ।

दैनिक ज्यालामा हलेसी बजारका होटलमा भाँडा माझ्ने, लोडअनलोड लगायतका काम गरेर परिवार चलाइरहेको अवस्थामा लकडाउनले समस्यामा परेका परिवारलाई उपमेयर राईले गाउँमै पुगेर खाद्यान्न वितरण गरेको बताइन् ।

कांग्रेस नेतृ राईले कात्तिके, गैरीगुठ र ऐसेलुखर्कलगायतका ठाउँका १४ विपन्न परिवारलाई खाद्य सामग्री सहयोग गर्ने तयारी गरेको जानकारी दिएकी छिन् ।

Published : Wednesday, 2020 April 1, 9:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया