खाद्य सामग्री लिएर सुत्केरी र गरिवका घरमा पुग्यो भक्तपुर तरुण दल

भक्तपुर । नेपाल तरुण दल भक्तपुरले लकडाउनका कारण समस्यामा परेका सर्वसाधारणहरूलाई निःशुल्क खाद्यान्न वितरण गरेको छ ।

मंगलबार चागुनारायण नगरपालिकाको वडा नम्बर ५ मा समस्यामा परेका सुत्केरी, मजदुरी गरेर गुजारा गर्ने परिवारहरूलाई निःशुल्क रुपमा तरुण दलका नेताहरूले सहायता वितरण गरेका हुन् ।

नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँ, तरुण दल भक्तपुरका अध्यक्ष राजु थापा, भक्तपुर कांग्रेसका नेता राजाराम खड्काले सहायताहरू उपलब्ध गराएका छन् ।

दैनिक ज्याला मजदुरी गर्ने श्रमजीवी वर्ग, अपाङ्ग, सुत्केरी र अति बिपन्न परिवारलाई खाद्यान्न सहायता गरिएको भक्तपुर तरुण दलका सदस्य राजु पुरीले जानकारी दिए ।

सहायता वितरण कार्यक्रममा राधाकृष्ण ढुंगाना, तरुण दल मध्यपुर नगरका अध्यक्ष पुरुषोत्तम खड्का, नेपाली कांग्रेस चागुनारायण नगरका सह–सचिव राजेश्वर वन, तरुण दल चागुनारायण वडा नम्बर ५ का सह–सचिव प्रभुराम थापाको पनि उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2020 April 1, 8:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया