राप्ती गाउँपालिकामा लकडाउन कार्यान्वयन गराउँदै स्थानीय

तीर्थराज ज्ञवाली

मसुरिया । दाङको राप्ती गाउँपालिकाका ९ वटै वडामा सहायक बाटोहरूमा अबरोध लगाएर लगडाउनको कार्यान्वयन कडा रुपमा गरिएको छ ।

सरकारको नियम, कानून नमानेर कोरोना भाइरसको संक्रमण रोकथामका लागि स्थानीयहरूले गाउँमा प्रवेश गर्न खोज्नेहरूलाई रोक्न बाटोहरूमा अबरोध राखेका हुन् ।

अनावश्यक रुपमा खुला रुपमा हिँडडुल गर्ने व्यक्ति र सवारी साधनलाई रोक्न अबरोध राखिएका छन् ।

वडा कार्यालयहरूको पहलमा स्थानीय प्रहरी, टोल सुधार समिति र गाउँ सुधार समितिको पहलमा गाउँमा प्रवेश रोक लगाइएको छ ।

राप्ती गाउँपालिकाको वडा नम्बर ७ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता विद्याशरण चौधरीले गाउँमा लकडाउनको राम्रोसँग कार्यान्वयन भएको बताए ।

Published : Tuesday, 2020 March 31, 1:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया