कांग्रेस सांसद श्रेष्ठद्वारा दाङका दुई बालिकालाई काठमाडौंमा आर्थिक सहयोग

काठमाडौं । नेपाली कांग्रेसका बागमती प्रदेशका सांसद दीपेन्द्र श्रेष्ठले दाङ जिल्ला घर भइ काठमाडौंको घट्टेकुलोमा भाडामा बस्दै आएका दुई बालिकालाई नगद सहयोग गरेका छन् ।

काठमाडौं क्षेत्र नम्बर १ बाट प्रदेश सभामा निर्वाचित प्रदेशसभा सांसद श्रेष्ठले काठमाडौं महानगरपालिको घट्टेकुलोमा बस्दै आएका दुईजना बालिकालाई सोमबार डेरामै पुगेर आर्थिक सहयोग गरेका हुन् ।

प्रदेश सांसद श्रेष्ठले महानगरपालिका वडा नम्बर २९ का समाजसेवी टेकनाथ सापकोटाले दिएको सूचनाका आधारमा ९ वर्षीया र ४ वर्षीया दुई बालिकालाई उनीहरूको डेरामा पुगेर आफ्नै व्यक्तिगत खर्चबाट सहयोग गरेका हुन् ।

लकडाउनका कारण ती बालिकाका बुबाआमा दाङमा अड्किएका छन् । बुबाआमा काठमाडौंको डेरामा नरहेका बेला खान नपाएर समस्यामा परेका ती दुई बालिकालाई कांग्रेस सांसद श्रेष्ठले आर्थिक सहयोग गरेर उद्धार गरेका हुन् ।

बाबुआमा दाङमा फसेपछि बालबालिकालाई दैनिक छाक टार्न समेत समस्या परेको थियो । प्रदेश सांसद श्रेष्ठले समस्यामा परेकाहरूलाई आफूले जति बेला पनि सक्दो सहयोग गर्ने बताएका छन् ।

कांग्रेसका प्रदेश सांसद श्रेष्ठले लकडाउनका कारण समस्यामा परेकाहरूलाई कुनै पनि बेला आफ्नो ९८५१०५१७२५ मा सम्पर्क गर्न अपील गरेका छन् ।

Published : Monday, 2020 March 30, 9:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया