प्रचण्डको जनवादी शिक्षाको पत्र चीनले मात्रै बुझे हुन्छः रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पत्रका विषयमा सबैलाई जानकारी दिन आवश्यक नरहेको भन्दै ब्याङ्ग्य गरेका छन् ।

खतिवडाले सोमबार ट्वीट गर्दै दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई पठाएको पत्रको ब्याकरणका विषयमा ब्याङ्ग्य गरेका हुन् । उनले पत्रमा धेरै ब्याकरण त्रुटि हुनुमा जनवादी शिक्षाको करामत भएको बताएका छन् ।

‘यो बुर्जुवा शिक्षाको करामत हो । जनवादी शिक्षाको पो चिट्ठी पठाइएको थियो प्रचण्डद्वारा’, खतिवडाले भनेका छन्, ‘सबैलाई जानकारी किन चाहियो र ?’

नेकपाका दोस्रो तहका अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपतिलाई अंग्रेजी भाषामा लेखेर पठाएका थिए । त्यो पत्रमा एक दर्जनभन्दा धेरै ठाउँमा ब्याकरण मिलेको थिएन । ब्याकरण नमिलेको दाहालको त्यो पत्र सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

Published : Monday, 2020 March 30, 7:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया