बुटवल कोरोना अस्पतालमा मृत्यु भएका व्यक्तिको प्रारम्भीक रिपोर्ट ‘नेगेटिभ’

काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले बनाएको बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएका व्यक्तिको प्रारम्भीक रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

मृत्यु भएका व्यक्तिको स्वाब परीक्षणका लागि काठमाडौं ल्याइएको थियो । राष्ट्रिय प्रयोगशालाले ती व्यक्तिको स्वाब परीक्षणका क्रममा प्रारम्भीक रिपोर्ट ‘नेगेटिभ’ आएको जनाएको छ । प्रयोगशालाले विस्तृत रिपोर्ट साेमबार आउने जनाएको छ ।

गत ८ चैतरमा यूएईबाट नेपाल आएका सैनामैनाका युवकको आइतबार मृत्यु भएको थियो । रुपन्देही सैनामैना नगरपालिकाका ती युवक यूएईमा ट्याक्सी चलाउने काम गर्थे ।

ज्वरो, श्वासप्रश्वासमा समस्या, घाँटी दुख्नेलगायत समस्या देखिएपछि उनी गत बिहीबार उक्त अस्पतालमा भर्ना भएका थिए ।

Published : Monday, 2020 March 30, 11:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया