सरकारको ध्यान नपुगेको ठाउँमा गगनले देखाइदिए आँखा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद गगन थापाले भारतमा अलपत्र रहेका नेपालीहरूको उद्दार र व्यवस्थापनको पहल गर्न सरकारलाई आग्रह गरेका छन् ।

आइतवार साँझ फेसबुकमार्फत नेता थापाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भारतमा अलपत्र परेका नेपालीहरूलाई उद्दारको पहल गर्न अनुरोध गरेका हुन् ।

‘केही दिनदेखि भारतको विभिन्न शहरबाट, अलपत्र परेका नेपालीहरुले टेलिफोनमार्फत उनीहरुको व्यथा बताइरहेका छन्’, थापाले भनेका छन्, ‘थाहा छ, यो व्यवस्थापन गर्न गाह्रो छ,तर पनि ती नेपाली दाजुभाइ, दिदी बहिनीको हालत सम्झँदा मन व्याकुल हुनेरहेछ । परराष्ट्रमन्त्रीज्यू तत्काल केही पहल गर्न अनुरोध गर्दछु ।’

Published : Sunday, 2020 March 29, 8:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया