अमेरिकाले काेराेनालाई पेलेरै लैजाने, ब्याक नहुने, ट्रम्पकाे बाेल्ड निर्णय

न्युयाेर्क । कोरोना भाइरसले विश्वकै शक्तिशाली मानिएको देश अमेरिकालाई पनि चपेटमा पारेको छ ।

कोरोना भाइरसले निकै क्रुर रुपमा विश्वभरि प्रभाव बढाइरहेको छ । कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित बनेको देश अमेरिका पनि हो ।

अमेरिकामा संक्रमितको संख्या झण्डै सवा १ लाख पुगेको छ । मृत्यु हुनेको संख्या २ हजार २ सय भन्दा धेरै पुगिसकेको छ । उपचारपछि निकाे भएर घर जानेहरूकाे संख्या पनि उल्लेख्य छ ।

On the recommendation of the White House CoronaVirus Task Force, and upon consultation with the Governor’s of New York, New Jersey and Connecticut, I have asked the @CDCgov to issue a strong Travel Advisory, to be administered by the Governors, in consultation with the…. — Donald J. Trump (@realDonaldTrump) March 29, 2020

सबैभन्दा धेरै संक्रमित न्यूयोर्कमा छन् । न्युयाेर्कमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६७० भन्दा धेरै पुगिसकेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको कोरोना टास्क फोर्सले न्यूयोर्कमा कडा ट्राभल एडभाइजरी जारी गर्न निर्देश दिएका छन् ।

ट्वीटरमार्फत राष्ट्रपति ट्रम्पले क्वारेन्टाइनको आवश्यकता नभएको पनि बनाएका छन् । उनले यस विषयमा सीडीएसले निर्णय गर्ने बताए पनि अझैसम्म त्यो निर्णय भएको छैन ।

Published : Sunday, 2020 March 29, 1:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया