काेराेनाले बिरालाेलाई पनि छाडेन, रिपाेर्ट देखेर छक्क परे चिकित्सकहरू

बेल्जियम । कोरोना भाइरसले मानव जातिलाई त्रसित बनाइरहेका बेला पहिलो पटक बेल्जियममा घरमा पालिएको बिरालोमा पनि कोरोना संक्रमण भएको पुष्टि गरिएको छ ।

बेल्जियमका स्वास्थ्य अधिकारीहरूले कोरोना संक्रमित मालिकबाट बिरालोमा कोरोना भाइरसको संक्रमण भएको बताएको हफिङ्‌टन पोस्टले जनाएको छ ।

बिरोलोलाई लक्षण देखिनुभन्दा एक साताअघि मालिकलाई पनि कोरोना लक्षण देखिएको थियो ।

बिरालोलाई झाडापखाला, वान्ता र श्वासप्रश्‍वासमा समस्या भएको र अनुसन्धानकर्ताहरूले बिरोलोको दिशा जाँच गर्दा कोरोना भएको पुष्टि गरेका हुन् ।

शनिबार बिरालो र मालिक दुवैको अवस्था ठीक रहेको जनाइएको छ ।

यसअघि हङकङमा दुई कुकुरमा भाइरस संक्रमण भएको थियो । जसमध्ये एउटामा संक्रमण भएको र लक्षण देखिएको थिएन । तर, अहिले देखिएको बिरालोमा भने भाइरसको संक्रमण पनि भएको लक्षण पनि देखिएका छन् ।

उनले कुकुर र बिरालो कोरोना संक्रमित हुनसक्ने भए पनि उनीहरूबाट मानिसलाई संक्रमण नहुने साइक्सले बताइन् ।

Published : Sunday, 2020 March 29, 12:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया