देउखुरीको देवीकोटमा चैते दशैको पूजामा रोक

तीर्थराज ज्ञवाली

मसुरिया । कोरना भाईरसको संंक्रमणलाई रोक्नका लागि दाङ जिल्लाको राप्ती गाउँपालिकाको धार्मिकस्थल देवीकोट मन्दिरमा चैते दशैँमा पूजा गर्न रोक लगाइएको छ ।

चैते दशैँको अवसरमा राप्ती गाउँपालिकाको देवीकोटमा रहेको भद्राक्षी मन्दिरमा पूजा गरिँदै आइएकोमा यस पटकलाई रोक लगाइएको वडा नम्बर ९ का वडाध्यक्ष रिमबहादुर सुनारी मगरले जानकारी दिए ।

श्री स्वस्थानी वर्तकथामा सतीदेवीको बायाँ गोडा पतन भएको स्थलका रुपमा देवीकोटको भद्राक्षी मन्दिरमा बडा दशैँ तथा चैते दशैँको अवसरमा भब्य पूजा र बलि दिने परम्परा छ ।

कोरोना भाइरसका कारण पूजा र बलि दिने कार्यलाई रोकिएको देवीकोट धार्मिक तथा पर्यटन विकास समितिका संयोजक दुर्योधन पाण्डेले बताए ।

यस पटक चैत १९ गते चैते दशैँ पर्व परेको छ । मन्दिरमा हुने सम्पूर्ण धार्मिक कार्य स्थगित गर्दै भक्तहरूलाई मन्दिर आउजाउमा रोक लगाइएको देवीकोट धार्मिक तथा पर्यटन विकास समितिका उपसंयोजक चन्द्र जिसीले जानकारी दिए ।

Published : Sunday, 2020 March 29, 12:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया