बर्दियामा सुरक्षाकर्मी र क्वारेन्टाइनमा बसेकालाई एक क्वीन्टल मीठाइ वितरण

बर्दिया । बर्दियामा कोरोना भाइरसको संक्रमण सर्न नदिन सरकारले जारी गरेको लकडाउनका बेला सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूलाई समाजसेवी र व्यापारीहरूले मीठाइ, फलपफूल, पानी वितरण गरेका छन् ।

बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष बीरबहादुर चौधरी, युवा समाजसेवी तथा कांग्रेस नेता अनुप यादव, उद्यमी आशिष पोर्वालले गुलरिया नगरपालिकामा खटिएका सुरक्षाकर्मी र क्वारेन्टाइनमा बसेकाहरूलाई १ क्विन्टल मीठाई तथा फलफूल वितरण गरेका हुन् ।

सुरक्षाकर्मी र क्वारेन्टाइनमा बसेकाहरूलाई सहयोग स्वरुप मीठाइ तथा फलफूल वितरण गरिएको अध्यक्ष चौधरीले बताए ।

Published : Saturday, 2020 March 28, 9:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया