काेराेना राेक्न कोरियामा रहेका नेपालीले सरकारलाई १ करोड १५ लाख सहयोग गर्ने

सौल । कोरोना भाइरसविरुद्ध लडिरहेको नेपाललाई सहयोग गर्न कोरियामा रहेका नेपालीहरूले १ करोड १५ लाख रुपियाँ  संकलन गरेका छन् ।

गैरआवासीय नेपाली समन्वय समिति (एनआरएनए) दक्षिण कोरियाको नेतृत्वमा ‘एक व्यक्ति, एक किट’ अभियान अन्तर्गत नेपालीहरूले उक्त रकम संकलन गरेका हुन् ।

एनआरएनए कोरिया संघका उपाध्यक्ष यदु लामिछाने नेतृत्वको सहयोग संकलन समितिमार्फत उठेको रकमबाट पहिलो चरणमा २ हजारको संख्यामा कोरोना परीक्षण उपकरण (किट) नेपाल पठाउने जनाइएकाे छ ।

दोस्रो चरणमा अन्य सामग्रीहरू र उपकरणहरू पठाउने महासचिव विमल सुवेदीले जानकारी दिएका छन् ।

Published : Saturday, 2020 March 28, 7:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया