चीनलाई फेरि कोरोनाको त्रास, सबै सीमानाका बन्द, उडान रद्ध

लण्डन । कोरोना भाइरसको संक्रमण पहिलो पटक देखिएको चीनमा महामारी अन्त्यतिर गइसकेको घोषणा गरिएपनि पनि चीन खतराबाट पूर्णरुपले मुक्त भने भएको छैन् ।

चीनमा महामारी अन्यत्रबाट भित्रिन थालेको छ । पछिल्लो समय ग्वाञ्जाओमा पाकिस्ताबाट भित्रिएको पाँचौ कारोनो संक्रमिण व्यक्ति भेटिएको छ । कोरोनोको महामारी फैलिए यता ५३ जना पाकिस्तानी नागरिकहरू चीन पुगेको सरकारी तथ्याँकले देखाउँछ ।

अन्यत्रबाट चीनमा कोरोना भित्रिनसक्ने खतरालाई मध्यनजर गर्दै चीन सरकारले शनिबारदेखि सबै सीमानाका बन्द गर्ने घोषणा गरेको छ । चीनले विदेशी नागरिकको प्रवेशमा अस्थायी रोक समेत लगाएको छ ।

चीन सरकारले बिहीवार साँझ सीमा बन्द र विदेशीलाई अस्थायी रुपमा प्रवेश रोकेको चिनियाँ विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको अन्तर्राट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनले भिसा तत्काल जारी नगर्ने र जारी गरेकाहरूलाई पनि अर्को सूचना जारी नभएसम्मका लागि प्रवेश नदिने जनाएको छ । तीन महिनाअघि कतिपय देशले चीनमा कोरोना भाइरस देखिएपछि चीनबाट आउने विमानलाई रोक लगाएका थिए ।

चीनले यसरी सबै सिमानाका तथा उडानहरू बन्द गर्नुले उसको कारोना नियन्त्रण गर्न सक्ने क्षमतामाथि प्रश्न चिन्ह उठेको छ । चिनियाँ जनताहरू वुहान जस्तै फेरि कारोना संक्रमण बढ्न सक्ने भन्दै त्रिसित देखिन्छन् ।

Published : Friday, 2020 March 27, 6:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया