कोरोनाको बेला काबुल आक्रमण जघन्य र कायरतापूर्णः संयुक्त राष्ट्रसंघ

न्युयोर्क । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदका सदस्यहरूले कम्तीमा २५ जनाको ज्यान जाने गरी र थुप्रैलाई घाइते बनाएको काबुल आक्रमणलाई जघन्य र कायरतापूर्ण आतंकवादी हमला संज्ञा दिँदै कडा शब्दमा निन्दा गरेको जनाएका छन् ।

बुधबार २३ मार्चमा आइसिसले अफगानिस्तानको काबुलको शीख धर्मशालामा हमला गरेको छ । यस हमलाका चौतर्फी निन्दा गरिएको छ । खासगरी पुरा विश्व कोरोनाको संकटबाट जुझिरहेको अवस्थामा आइसिसले गरेको उक्त हमललाई धेरैले अमानवीय र कायरतापुर्ण बताएको छ ।

राष्ट्रसंघद्वारा जारी विज्ञप्तिअनुसार सुरक्षा परिषद्का सदस्यहरूले पीडित परिवार र अफगानिस्तान सरकारप्रति गहिरो सहानुभूति र संवेदना व्यक्त गरेका छन् ।

उनीहरूले घाइते भएकाहरूलाई छिटो र पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् । सुरक्षा परिषद्का सदस्यहरूले आतंकवादका सबै रूपहरू र अभिव्यक्तिहरू अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि सबैभन्दा गम्भीर खतरा रहेको दोहो¥याएको छ ।

सुरक्षा परिषद्का सदस्यहरूले काबुल आक्रमणको दोषीहरु, आयोजकहरू, फाइनान्सरहरू र प्रायोजकहरूलाई न्यायको कटघेरामा ल्याउनुपर्ने आवश्यकतालाई जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय कानून र सुरक्षा परिषद्को अगानिस्तान सम्वन्धित पारित प्रस्तावहरुअनुरुप अफगानिस्तान सरकार र सबै अन्य सम्बन्धित पक्षहरुलाई सक्रिय सहयोग गर्न सबै सदस्य राष्ट्रहरूलाई आग्रह पनि गरेका छन् ।

सुरक्षा परिषद्का सदस्यहरूले दोहो¥याएका छन् कि कुनै पनि आतंकवादी कार्यहरू आपराधिक र अव्यावहारिक हुन्छन् । उनीहरूले संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय मानव अधिकार कानून, अन्तर्राष्ट्रिय शरणार्थी कानून र अन्तर्राष्ट्रिय मानवीय कानून लगायतका अन्तर्राष्ट्रिय कानून अन्तर्गत अन्य दायित्वहरुका अनुसार अन्तर्रा्िष्ट्रय शान्ति र सुरक्षाका लागि खतराहरू सबै राज्यले सबै तरिकाले लडाई लड्नु पर्ने आवश्यकतालाई जोड दिएका छन् ।

Published : Friday, 2020 March 27, 5:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया