साबुन र पानीले हात धोएपछि मात्रै यो गाउँमा छिर्न पाइने

सिन्धुली । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–२ कुसुमटारका युवाले साबुन पानीले हात धोएर मात्र गाउँ छिर्न पाइने नियम बनाएका छन् ।

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि मुलुकभरि लकडाउनको घोषणा गरे पनि गाउँमा आउने पाहुनालाई हात धोएर मात्र छिर्न पाउने नियम बनाएको कुसुम युवा क्लबले जनाएको छ ।

कुसुम युवा क्लबले कुसुमटार प्रवेशद्वार झोरखोलामा ५ सय लिटरको ड्रममा धारा बनाएर साबुन पानीले हात धोएर मात्रै गाउँमा छिर्ने व्यवस्था गरेको छ ।

गाउँका कोही पनि बाहिरबाट गाउँमा छिर्दा र नयाँ कोही व्यक्ति गाउँमा आएमा साबुन पानीले हात धोएर मात्रै छिर्न आग्रह गरिएको क्लबका सदस्य सुबास थिङले जानकारी दिए ।

Published : Friday, 2020 March 27, 4:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया