उपभोक्ता बनेर पुगेका तरुण उपाध्यक्षले गरे प्रशंसनीय काम

काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले सामाजिक दुरी कायम गरी दैनिक उपभोग्य सामग्री खरिद गर्नुपर्ने बताएका छन् ।

काठमाडौंस्थित अनामनगरको बैद्यखानामा रहेको नेपाल ग्यासको डिपोमा शुक्रबार उपभोक्ताको रुपमा पुगेका चापागाइँले अस्तव्यस्त अवस्था देखेपछि सबैलाई लाइनमा बस्न लगाएका हुन् । सो कार्यमा चापागाइँलाई प्रहरी, उपभोक्ता र स्थानीयले सहयोग गरेका थिए ।

त्यस क्रममा चापागाइँले दैनिक उपभोग्य सामग्री खरिद गर्दा कम्तीमा एक मिटरका दुरी बनाउनुपर्ने भनेर सम्झाएका थिए । कोरोना भाइरसको संक्रमणको डर रहेको भन्दै चापागाइँले उपभोग्य सामग्री खरिद गर्दा उपभोक्ता स्वयंले पनि समेचतना अपनाउनुपर्ने बताए ।

उपाध्यक्ष चापागाइँकै नेतृत्वमा ग्यास लिन आएका सर्वसाधारणहरूलाई व्यवस्थित रुपमा लाइनमा राखिएको थियो । एकअर्का वीच दुरी बनाएर ग्यासको लाइन व्यवस्थित बनाइएको थियो ।

उपाध्यक्ष चापागाइँले आफ्नो गाउँ, टोल, छिमेकमा हुने यस्ता खालका भिडभाडलाई व्यवस्थित बनाउन सबैले पहल गर्नुपर्ने बताए । उनले देशभरिका तरुणहरूलाई पनि कोरोना र स्वास्थ्यका विषयमा सचेतना अपनाउन आग्रह गरेका छन् ।

‘कतै यस्तै खालको अव्यवस्थित कुरा देखियो भने हामीले सर्वसाधारणलाई त्यसको बेफाइदा बारेमा सम्झाउनुपर्छ’, चापागाइँले भने, ‘हाम्रो सानो सहयोगले धेरैलाई सचेत बन्न सहयोग मिल्छ । देशभरिका तरुणले पनि राजनीतिकभन्दा पनि सामाजिक र व्यक्तिगत रुपमा यस्ता कार्य गर्नुपर्छ ।’

ग्यास लिन पुगेका तरुण उपाध्यक्ष चापागाइँले लाइन लामो देखेपछि ग्यास नलिएर फिर्ता भएका थिए । तर, उपभोक्ताहरूलाई दुरी कायम गराउन भूमिका खेलेका थिए ।

Published : Friday, 2020 March 27, 2:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया