बन्द भयो कान्तिपुर दैनिकसहितका प्रिन्ट संस्करणहरू

काठमाडौं । आफूलाई मुलुककाे नम्बर वान दैनिक पत्रिका दाबी गर्दै आएको कान्तिपुर पब्लिकेसन (प्रा.)लि.ले आफ्ना प्रिन्ट संस्करणहरू बन्द गरेको छ ।

कोरोना भाइरसको संक्रमणका कारण आफ्ना प्रिन्ट संस्करणहरू बन्द गरिएको विशेष सम्पादकीयमार्फत पब्लिकेसनले जनाएको छ ।

कान्तिपुर दैनिक, द काठमाडौं पोस्टसहितका सबै प्रिन्ट संस्करणहरू स्थगित गरिएको पब्लिकेसनका अध्यक्ष कैलाश सिरौहियाले जनाएका छन् ।

अनलाइन संस्करण, टेलिभिजन र एफएम भने सुचारु रहने सिरोहियाले बताएका छन् ।

Published : Friday, 2020 March 27, 8:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया