भरतपुरमा पाँच स्वास्थ्यकर्मी क्वारेन्टाइनमा, कतारबाट आएकाहरू आईसोलेसनमा

भरतपुर । चितवनको भरतपुर कोरोना विशेष अस्पतालमा ११ जनालाई आईसोलेसन वार्डमा राखेर उपचार गरिएको छ ।

कतार एअरवेयजको जाहाजमार्फत हालै नेपाल आएका पाँचजना पनि यसै अस्पतालको आईसोलेसन वार्डमा रहेको अस्पतालका प्रवक्ता डा.भोजराज अधिकारीले जानकारी दिए ।

चितवन घर भएका उनीहरू आफै अस्पतालको सम्पर्कमा आएका हुन् ।

अस्पतालका प्रवक्ता डा.अधिकारीका अनुसार सुरेश गुरुङ, बुद्धिराज कोइराला, सञ्जु कंडेल कोइराला, शम्भु नेपाली र पार्वती नेपाली उपचाररहत रहेका छन् ।

पाँच जना कार्यरत स्वास्थ्यकर्मी र पाँच जना सेवाका लागि आउने व्यक्तिहरुलाई हाल पनि क्वारेन्टाइनमा राखिएको प्रवक्ता डा.अधिकारीले जानकारी दिएका छन् ।

Published : Thursday, 2020 March 26, 8:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया