घरभित्रै बस्न राप्ती गाउँपालिकाका अध्यक्ष सुवेदीको आह्वान

तीर्थराज ज्ञवाली

मसुरिया । दाङ जिल्लाको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले कोरना भाइरसको संक्रमणबाट बच्न सरकारद्वारा जारी गरिएको ‘लक डाउन’को पूर्णरुपले पालना गर्न अनुरोध गरेका छन् ।

उनले कोरना भाइरसबाट बच्न सबैभन्दा राम्रो उपाय आ–आफ्नो घरमा बस्नु रहेको बताएका छन् ।

अन्य व्यक्तिबाट करीव ३ फिट दुरीमा रहन र समय–समयमा साबुन पानीले मिचेर हात धुन अध्यक्ष सुवेदीले आग्रह गरेका छन् । उनले सरसफाइमा ध्यान दिन राप्ती गाउँपालिकाका जनतालाई आग्रह गरेका हुन् ।

सुवेदीले घरमै बसेर कोरोना संक्रमणको भाइरसबाट बच्नका लागि सरकारले लागू गरेको ‘लक डाउन’का सबै नियमको पालना गर्न अनुरोध गरेका छन् ।

राप्ती गाउँपालिकामा करीव ५२ हजार नागरिकको बसोवास रहेको छ । १० हजार बढी घरधुरी रहेको गाउँपालिका क्षेत्रमा ९ वटा वडामार्फत नागरिकलाई गाउँमा पोस्टर, पम्पलेट, रेडियो, टेलिभिजनमार्फत सूचना प्रशारण गर्दै कोरना भाइरसबाट बच्न र अरुलाई पनि बचाउन प्रत्यक व्यक्ति सुरक्षित रुपमा घरमै बस्न अध्यक्ष सुवेदीले अपील गरेका छन् ।

अध्यक्ष सुवेदीले अबका दिनमा अत्यावसेक र आपतकालीन घटना बाहेकमा घर बाहिर ननिस्कन पनि आग्रह गरेका छन् ।

धेरै जना जुट्ने, अरुको घरमा भेटघाट गर्न जाने, अनावश्यक अफवाह फैलानेहरूबाट सचेत रहन सुवेदीले आग्रह गरेका छन् ।

उनले लक डाउन उल्लंघन गरेर जथाभावी हिँडेको भेटिए कानूनी कारवाही गरिने चेतावनी दिएका छन् ।

राप्ती गाउँपालिका अध्यक्ष सुवेदीले सबै नागरिकलाई घरमै बसेर रोग फैलनबाट जोगिन र जोगाउन अनुरोध गरेका छन् ।

Published : Wednesday, 2020 March 25, 6:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया