आइसिसद्वारा शीखहरूको धार्मिक भेलामा अतिवादी हमला, चारको मृत्यु

काबुल । अफगास्तिानको काबुलमा शीखहरूको धार्मिक भेलामा इस्लामिक स्टेट अफ इराक एण्ड सिरिया(आइसिस)ले हमला गरेको छ ।

बुधबार दिउँसो काबुल शहरको केन्द्रमा अवस्थित एक गुरुद्धारामा आइसिसबाट हमला भएको हो ।

आक्रमणबाट हालसम्म ४ जनाको मुत्यु भइसकेको छ भने प्रहरीको प्रयासको बावजुद पनि आक्रमण जारी छ । अफगानिस्तानको आन्तिरक मामिला मन्त्रालयको अनुसार घटनामा स्थलमा तुरन्तै प्रहरी पठाइएको थियो ।

प्रहरीले आमक्रण रोक्ने कोशिस गरिरहेको भएपनि स्थिति अझै नियन्त्रणामा आएको छैन् ।

एक शीख सांसद नरिन्द्र सिंह खाल्सालाई गुरुद्धाराभित्रैबाट एक जना श्रद्धालुले फोन गरेर आक्रमणाको जानकारी दिएका थिए ।

सांसद खाल्साले जानकारी पाएलगतै प्रहरीलाई खबर गरेका थिए । गुरुद्धाराभित्र करीब १५० जना श्रद्धालुहरू छन् । उनीहरूलाई आत्माघाती हमलाबर तथा बन्दुकधारीहरूले घेरिरहेको छ ।

इस्लामिक स्टेट अफ इराक एण्ड सिरिया(आइसिस)ले उक्त हमलाको जिम्मा लिएको छ ।

यसै महिना उक्त समूहले ३२ जनाको ज्यान जाने गरी त्यहाँको अल्संख्यक मुस्लिम समुदाय सियामाथि आक्रमण गरेका थियो ।

अफगानिस्तानमा शीख समुदाय पनि अल्पसंख्यक छन् । अफगास्तिानमा इस्लामिक अतिवादीहरू अल्पसंख्यकमाथि समय समय गर्दै आएका छन् ।

यसरी विश्व नै कोरोनाको चपेटमा परेका बेला पाकिस्तान समर्थित आइसिसलगायतका आतंककारी संस्थाहरूले हमला जारी राख्नु अमानवीय भएको भन्दै चौतर्फी आलोचना भइरहेका छन् ।

हाल कारोनाविरुद्धको लडाईँमा सम्पूर्ण विश्व नै एकजुट भएका बेला पाकिस्तानले आतंकवादी संस्थाहरूलाई पु¥याइरहेको सहयोग तुरुन्तै रोक्नुपर्दछ भन्ने आवाजहरू आइरहेका छन् ।

Published : Wednesday, 2020 March 25, 5:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया