चीनमा ‘हान्ता’ भाइरसबाट एकको मृत्यु

युनान । विश्वव्यापी टाउको दुखाईको विषय रहेको कोरोना भाइरसको संक्रमणले यतिबेला विश्व आतंकित भइरहेका बेला चीनबाट फेरि अर्को भाइरस शुरु भएको छ ।

चिनियाँ सञ्चारमाध्यमहरूले जनाएअनुसार ‘हान्ता’ नाम गरेको नयाँ भाइरसले चीनमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु भएका व्यक्ति युनान प्रान्तका स्थायी बासिन्दा हुन् । उनको सान्डोङ प्रान्त जाने क्रममा बसमै मत्यु भएको थियो ।

ती व्यक्तिको मृत्यु लगत्तै उनी चढेको बसमा रहेका अरु ३२ यात्रुको परीक्षण गर्दा ‘हान्ता’ नामक भाइरस भेटिएको चिकित्सकहरूले जनाएका छन् ।

मुसाबाट सर्ने यो भाइरस मानिसबाट मानिसमा भने सर्दैन । यो भाइरस मुसाको पिसाब र ¥यालबाट मानिसमा सर्ने अनुसन्धानकर्ताहरूले बताएका छन् ।

यसका लक्षण थकान, ज्वरो आउने, मांशपेशी दुख्ने, रिंगटा लाग्ने आदि हुन् । रोगले बढी सताएपछि खोकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या आउनुका साथै यसकै कारण मानिसको ज्यान जाने पनि चिकित्सकहरूले बताएका छन् ।

घरघरमा रहने मुसाको संख्या नियन्त्रण गर्नु नै ‘हान्ता’ भाइरसबाट बच्ने उपाय भएको बताइएको छ ।

Published : Wednesday, 2020 March 25, 5:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया