कोरोनाविरुद्ध बागमती गाउँपालिकाको विशेष तयारी, वडाध्यक्षले दिए गाडी

ललितपुर । ललितपुर जिल्लाको बागमती गाउँपालिका – ३ स्थित भटे्डाडा आधारभूत विद्यालयमा क्वारेन्टाइनको व्यवस्था गरिने भएको छ ।

बागमती गाउँपालिकाले कोभिड–१९को जोखिमलाई ध्यानमा राखी आवश्यक परेको खण्डमा ५ देखि १० जना बिरामी अट्ने क्वारेन्टाइन निर्माण गरिएको हो ।

यसलाई आवश्यकताअनुसार ३० जनाको उपचार कक्ष बनाउन सकिने वडाध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाले बताए ।

कोरोना भाइरसको संक्रमणबाट सावधानी अपनाउन सो क्वारन्टाइनको व्यवस्थापन भइरहेको बागमती गाउँपालिका अध्यक्ष वीरबाहादुर लोप्चनले बताए ।

क्वारेन्टाइन तयार गर्न भट्टेडाँडा स्वास्थ्यचौकीले व्यवस्थापन गर्ने निर्णयसमेत गरिसकेको छ ।

बागमती गाउँपालिकाले हरेक वडाले विदेशबाट घर फर्कने नागरिकको तथ्याङ्क सङ्कलन गरी घरमै आइसोलेसनमा बस्न लगाउँनेछ ।

गाउँपालिकाभित्र हुनसक्ने बिरामीलाई ध्यानमा राखी बागमती गाउँपालिका बडा नम्बर ३ का वडाध्यक्ष तिमिल्सिनाले चढ्दै आएको गाडीलाई एम्बुलेन्सका लागि तयारी अवस्थामा राखिएको छ ।

संक्रमण देखिएमा बागमती गाउँपालिका र प्रहरी मिलेर अस्पतालसमेत लैजाने व्यवस्था गरिएको बताइएको छ ।

Published : Wednesday, 2020 March 25, 5:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया