कास्कीको लुम्ले केन्द्र रहेको भूकम्प, पोखरामा भागाभाग
पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरा आसपासको क्षेत्रलाई केन्द्र विन्दु बनाएर आइतबार साँझ भूकम्प गएको छ ।
आइतबार साँझ ८ बजेर ४५ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हो । पोखरा आसपासमा भूकम्पको धक्का अलिक ठूलो महशुस भएको स्थानीयले बताएका छन् ।
धक्का आएपछि सर्वसाधारणहरू घरबाट बाहिर निस्किएको जनाइएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको लुम्लेमा केन्द्र बिन्दु रहेर ५.० रेक्टर स्केलको भूकम्पको धम्का दिएको छ ।
धक्काले बुटवल, भरतपुरदेखि काठमाडौंसम्म सर्वसाधारणलाई त्रसित बनाएको थियो ।
Published : Sunday, 2020 March 15, 9:08 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया