सभापति देउवा र भारतीय राजदूत क्वात्रावीच भेट
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भेटवार्ता गरेका छन् ।
राजदूत क्वात्राले शुक्रबार सभापति देउवालाई बुढानिलकण्ठस्थित निवासमा भेट गरेका हुन् । देउवासँग शिष्टाचार भेट भएको जनाइएको छ ।
बिहीबारदेखि कार्यभार सम्हालेका राजदूत क्वात्राले नेपाल–भारतवीचको सम्बन्धका विषयमा सभापति देउवासँग कुराकानी गरेका थिए ।
यसअघि राजदूत क्वात्राले शुक्रबार बिहान सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए ।
Published : Friday, 2020 March 6, 7:18 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया