तरुण दलका नगर अध्यक्षको निधन, जितजंग सिधै अस्पताल प्रस्थान

काठमाडौं । नेपाल तरुण दल गोकर्णेश्वर नगर समिति, काठमाडौंका अध्यक्ष गोपाल श्रेष्ठको निधन भएको छ ।

नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतका अनुसार श्रेष्ठको सोमबार साँझ हृदयघातका कारण निधन भएको हो ।

अचानक बिरामी भएपछि श्रेष्ठलाई जोरपाटी अतहरखेलमा रहेको नेपाल मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । अध्यक्ष श्रेष्ठको उपचारकै क्रममा निधन भएको छ ।

तरुण अध्यक्ष बस्नेतले नगर अध्यक्ष श्रेष्ठको निधनले तरुण दललाई ठूलो धक्का लागेको बताएका छन् । उनले श्रेष्ठप्रति श्रद्धाञ्जलि दिँदै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।

श्रेष्ठको पार्थिक शरीर नेपाल मेडिकल कलेजमा रहेको छ । तरुण अध्यक्ष बस्नेतसहितका तरुण तथा कांग्रेसका नेता तथा कार्यकर्ता एवम् शुभेच्छुकहरू मेडिकल कलेजमा पुगेका छन् ।

Published : Monday, 2020 February 24, 8:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया