गगनद्वारा कम्युनिस्टहरूको भण्डाफोर, उदाङ्गियो कर्तुतहरू

घोराही । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कारण संविधानमाथि सबैभन्दा ठूलो डर रहेको बताएका छन् ।

दाङको घोराहीमा सोमबार आयोजित कांग्रेसको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले नेकपाका कारण संविधानमाथि ठूलो डर रहेको बताएका हुन् । उनले संविधान अस्वीकार गरेको समूहबाट भन्दा नेकपाबाटै डर रहेको बताए ।

‘यो संविधानलाई जसले अस्वीकार ग¥यो डर त्यहाँबाट रत्तिभर पनि छैन’, उनले भने, ‘पूर्वराजा नेपालका विभिन्न स्थानमा भ्रमण गर्न गएको देख्छौँ । पूर्वराजा वा यो संविधान नमान्ने कसैबाट डर छैन ।’

‘हाम्रो लागि सबैभन्दा ठूलो दुर्भाग्य यो संविधानको कसम खाएको, यो संविधानको आधारमा निर्वाचन भएको र सबैभन्दा बढी मत प्रप्त गरेर संविधान कार्यान्वयनको सबैभन्दा ठूलो जिम्मा लिएर गएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट आज संविधानमाथि सबैभन्दा ठूलो डर छ’, उनले भने ।

‘यो भनिरहँदा मलाई दुःख लागेको छैन । दुःखका साथ भन्नुपर्ने बेला आएको छ’, युवा नेता थापाले, ‘संविधान र चुनाव पछाडि यो संविधान दुर्घटनामा पर्छ कि भनेर छलफल गर्नुपर्ने परिस्थिति नआउनुपर्ने हो ।’

‘नेकपाको सरकारले दुई वर्षमा यो काम भयो यो काम भएन भनेर अबको तीन वर्षमा समीक्षा गर्नुपर्ने बेला भयो’, उनले भने, ‘यो व्यवस्था दुर्घटनामा पर्छ कि भनेर छलफल गर्नुपर्ने अवस्थामा आइपुगको छौँ ।’

नेपाली कांग्रेसका नेता थापाले प्रधानमन्त्री खड्गप्रसाद ओलीले धुमधामका सार्थ सरकारी पैसा खर्च गरेर जन्मोत्सव मनाएकोमा आलोचना गरे ।

उनले भने, ‘जन्मदिनको शुभकामना दिन्छु भनेर सोँचेको थिए । देखिहाल्नुभयो हिजो दिनभरि उहाँले के गर्नुभयो ? यो सरकारबाट नयाँ–नयाँ काण्ड आएको छ ।’

कृष्णबहादुर महराको नितान्त व्यक्तिगत कुरालाई राष्ट्रियतासँग जोडेको भन्दै थापाले आपत्ति जनाए । उनले भने, ‘व्यक्तिगत स्वार्थ र नितान्त व्यक्तिगत कुराले घटना भयो । तर, कम्युनिस्टहरूले राष्ट्रियताको कुरासँग जोडेर हेरियो । यस्तो छ अवस्था । कसरी देश बन्छ ?’

Published : Monday, 2020 February 24, 7:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया