सभामुखलाई पत्रकार महासंघले गरायो ध्यानाकर्षण

काठमाडौं । नेपाल पत्रकार महासंघले मिडियो काउन्सिलसहितका स्वतन्त्र प्रेससँग बाझिएका विधेयकहरूका विषयमा आफूहरूको असहमति रहेको जनाएको छ ।

सभामुख अग्नि सापकोटासँग सोमबार सिंहदरबारमा भएको भेटवार्तामा महासंघका कार्यबाहक अध्यक्ष विपुल पोखरेलले अभिव्यक्ति स्वतन्त्रतासँग बाझिएका विधेयकमा विशेष ध्यान दिन आग्रह गरेका हुन् । उनले प्रेस स्वतन्त्रताको पक्षमा महासंघ सधैँ लड्ने पनि बताएका छन् ।

जवाफमा सभामुख सापकोटाले आफू स्वतन्त्र प्रेसको पक्षमा रहेको बताएका थिए । केही विधेयकहरूमा सुधार भएको पनि उनले बताए ।

महासंघका कार्यबाहक अध्यक्ष पोखरेलको नेतृत्वमा महासचिव रमेश विष्ट, सचिव दिलिप थापा मगरलगायतका पत्रकारहरू सापकोटासँग भेट्न गएका थिए ।

Published : Monday, 2020 February 24, 5:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया