कांग्रेसका खतिवडाद्वारा आर्थिक सहयोग हस्तान्तरण, सन्तोषलाई दिए धन्यावाद

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले ओखलढुंगा निवासी ७४ वर्षीय रितबहादुर बानियाँलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।

जापानमा बस्दै आएका ओखलढुंगाका सन्तोष बानियाँको पहलमा संकलन भएको आर्थिक सहयोगलाई काठमाडौंको गोठाटारमा सोमबार खतिवडाले हस्तान्तरण गरेका हुन् । खतिवडाले सिद्धिचरण नगरपालिका वडा नम्बर ९ निवासी रितबहादुर बानियाँलाई डेरामै पुगेर रकम हस्तान्तरण गरेका हुन् ।

गत मंसिर महिनाको ४ गते रितबहादुर बानियाँ आलुको बीउ किन्न बजार गएका बेला लडेर ढाड भाँच्चिए (स्पानल कर्डइञ्ज्योर्ड)को थियो । त्यसपछि उनलाई हेलिकप्टरबाट उद्धार गरेर काठमाडौं ल्याइ उपचार गरिएको थियो ।

रितबहादुरको उपचार खर्चमा अभाव हुन थालेपछि जापानमा सन्तोष बानियाँसहितका ओखलढुंगेलीहरूको पहिलमा सानो भएपनि आर्थिक सहयोग पठाएका हुन् ।

सन्तोष बानियाँले जापानबाट ५८ हजार ५ सय ७८ रुपियाँ पठाएका थिए । सो रकममा नेपाली कांग्रेसका युवा नेता खतिवडाले आफ्नो व्यक्तिगत रुपमा २ हजार ५ सय रुपियाँ थपेर ६१ हजार ७८ रुपियाँ प्रदान गरेका हुन् ।

आर्थिक सहयोग हस्तान्तरण गर्दै युवा नेता खतिवडाले विदेशमा बसेर पनि आफ्नो जिल्लाबासीको उपचारमा आर्थिक सहयोग पठाएकोमा सन्तोष बानियाँसहितका नेपालीहरूलाई धन्यावाद दिए ।

खतिवडाले बिरामी भएका रितबहादुर बानियाँलाई शीघ्रस्वास्थ्य लाभको लागि पनि कामना गरेका छन् ।

Published : Monday, 2020 February 24, 5:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया