कांग्रेस रहेसम्म कम्युनिस्टले अधिकार खोस्ने दुस्साह नगर्नुः राणा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणाले कम्युनिस्ट सरकारले हरेक निकायमा हस्तक्षेप गरेर लोकतान्त्रिक अधिकार खोस्ने प्रयास गरेको आरोप लगाए ।

धरानमा बुधबार कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राणाले प्रजातन्त्र दिवसका दिने लोकतन्त्रको रक्षाका लागि सबैले प्रतिवद्धता जनाउनुपर्ने बताए । ‘लोकतन्त्रको रक्षा कांग्रेसले मात्रै गर्छ’, उनले भने, ‘कम्युनिस्टहरूमा बहुमतको दम्भले गर्दा अहँकारी बनेका छन् ।’

युवा नेता राणाले प्रजातन्त्रलाई सिध्याउन नेकपाको सरकारले संवैधानिक निकायमा हस्तक्षेप गरेको दोहोर्‍याए । उनले यस्तै अवस्था रह्यो भने कांग्रेस सडकमा आएर लोकतन्त्रका रक्षा गर्ने बताए ।

Published : Wednesday, 2020 February 19, 6:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया