कम्युनिस्ट बलियो भएका बेला हामी कांग्रेस मिल्नुपर्छः डा.डिला संग्रौला

धरान । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाकी सांसद डा.डिला पन्त संग्रौलाले पार्टीभित्रको कुनै समस्या देखिए त्यसलाई शीर्ष नेताहरूले आपसी सहमतिमा मिलाउनुपर्ने बताएकी छिन् ।

धरान उपमहानगरपालिकामा बुधबार नेपाली कांग्रेस क्षेत्र नम्बर १ सुनसरीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ डा.संग्रौलाले शीर्ष नेताहरू मिलेर अगाडि बढ्दा देशभरिका कार्यकर्ताहरूमा उत्साह थपिने बताइन् ।

‘सभापति शेरबहादुर देउवाज्यू र वरिष्ठ नेता रामचन्द्र पौडेलज्यू मिलेर अगाडि बढ्दा कार्यकर्ताहरू नयाँ उत्साह र उर्जा आउँछ’, उनले भनिन्, ‘पार्टीभित्र विवाद हुँदा हामीलाई नै नोक्सानी हुन्छ ।’

कम्युनिस्टहरूले झण्डै दुईतिहाइ पाएको अहिलेको अवस्थामा कांग्रेसले आफूभित्रको स–साना मतभेदहरू अन्त्य गरी अगाडि बढ्नुपर्ने उनले बताइन् ।

कांग्रेस नेतृ डा.संग्रौलाले कम्युनिस्टहरूबाट आजित बनेका जनताले कांग्रेसलाई बिकल्पका रुपमा हेर्न थालेको उल्लेख गरिन् । त्यसका लागि कांग्रेसभित्र नेताहरूमो शुद्धीकरण आवश्यक रहेको उनले बताइन् ।

Published : Wednesday, 2020 February 19, 4:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया