बालुवाटार काण्डपछि नेकपा छाड्नेकाे लहर, कांग्रेसमा प्रवेश

रामेछाप । कम्युनिस्ट सरकारले जनतालाई समस्या बनाइरहेका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) छाड्नेहरूको लहर नै लागेको छ ।

खड्गप्रसाद ओली नेतृत्व कम्युनिस्ट सरकारको अलोकप्रियताका कारण नेकपा छाडेर कांग्रेसमा प्रवेश गर्दै आएका छन् ।

मुलुकमा भएका काण्डहरूमा नेकपाका नेता तथा मन्त्रीहरू सामेल भएको आरोप छ । चुनावी प्रतिवद्धताहरू पनि पूरा भएका छैनन् ।

नेकपा परित्याग गरेर नेपाली कांग्रेसमा जानेको लर्को लाग्न थालेको छ । सयौंको संख्यामा नेकपाका कार्यकर्ताहरू कांग्रेका प्रवेश गर्ने गरेका छन् ।

नेकपा सरकारले आफुहरुलाई झुठो बोलेको, जनतालाई कुनै सहयोग नगरेको र निर्वाचनको समयमा गरेको प्रतिवद्धता पूरा नगरेको भन्दै नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश गर्ने गरेका छन् ।

रामेछाप जिल्लामा नेकपा त्याग्नेको ओइरो लागेको छ । सत्तारुढ दल भएपनि व्यवहार अपमान जनक हुँदा पार्टी भित्रका नेता कार्यकर्तामा वितृष्णा बढ्दै गएपछि नेकपा पार्टी त्याग्दै कांग्रेसमा प्रवेश गर्ने गरेका छन् ।

सोमबार मात्रै अछाम जिल्लामा दर्जनौं नेकपाका कार्यकर्ता रुष्ट हुँदै कांग्रेमा प्रवेश गरेका छन् । जिल्लाको लिखु तामाकोसी गाउँपालिका वडा नम्बर ७ का ७३ जना स्थानीयहरू नेकपा त्याग्दै कांग्रेसमा प्रवेश गरेका हुन् ।

गाउँपालिका तील्पङुको ताप्केमा आयोजित धार्मिक कार्यक्रममा उनीहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेकपाले आफूहरूसंग गरेको बाचा पूरा नगरी आफूहरूलाई धोका दिएको भन्दै कांग्रेसमा प्रवेश गरेको बताएका छन् । उनीहरूले नेकपा जस्तो झुठ कांग्रेस नबोल्ने बताएका थिए ।

कांग्रेसमा पराजय भोगे पनि नेतृत्वहरूले जिल्ला वासीका लागि धेरै राम्रो काम गरेको तर, नेकपालाई जिताएर पठाउँदा पनि सिन्को नभाँचेको भन्दै नेकपा त्यागेको उनीहरूले बताएका छन् ।

पार्टी प्रवेश गराउँदै रामेछाप कांग्रेसका सभापति लवश्री न्यौपानेले आगामी दिनहरूमा स्थानीयको माग र आवस्यकतालाई प्रमुख प्राथमिकता दिने बताएका छन् ।

Published : Tuesday, 2020 February 18, 9:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया