कांग्रेसले सम्झियो स्व.उपाध्यायलाई, सिंहदरबारमा श्रद्धाञ्जलि

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य एवं पार्टीका नेता दुर्गाप्रसाद उपाध्यायलाई श्रद्धाञ्जलि दिएको छ ।

नेपाली कांग्रेस संसदीय दलले सोमबार दलको कार्यालय सिंहदरबारमा श्रद्धाञ्जलि सभाको आयोजना गरेर श्रद्धाञ्जलि दिएको हो ।

कार्यक्रममा कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा, महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, राष्ट्रिय सभा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डे, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, सचेतक पुष्पा भुसाल गौतम साथै प्रतिनिधि सभा, लेखा समितिका सभापति भरतकुमार शाहले शोक मन्तव्य राखेका थिए ।

मन्तव्य राख्ने क्रममा सभापति एवं संसदीय दलका नेता देउवाले स्व.दुर्गाप्रसाद उपाध्याय विकास प्रेमी, जुजारु एवं लोकप्रिय नेता भएको बताए । देउवाले सांसद स्व.उपाध्यायले नेपालको लोकतान्त्रिक आन्दोलनहरू र पार्टीको संगठनमा सक्रिय योगदान पु¥याएको स्मरण गरे ।

उपाध्यायको असामयिक निधले नेपाली कांग्रेसलाई मात्र नभई राष्ट्रलाई समेत अपूरणीय क्षति पुगेको सभापति देउवाले बताए ।

Published : Monday, 2020 February 17, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया