मुस्लिमहरूले दिए प्रधानमन्त्रीलाई धन्यावाद, इज्तेमा सम्पन्न

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीको ठाडो आदेशमा प्रतिबन्ध खुलेपछि सप्तरीको जाँजरमा तीन दिनसम्म चलेको तब्लीग जमातको इज्तेमा शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ ।

दिल्लीको मर्कज निजामुद्दीनबाट आएका प्रमुख वक्ता मौलाना हजरत सादले हजारौं सहभागीहरूलाई सामूहिक दआ अर्थात प्रार्थना गराउँदै उक्त सम्मेलन समापन भएको राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले जानकारी दिए ।

मौलाना सादबाट समापन समारोहमा हिन्दू मुस्लिमबीचको भाइचार र एकता कायम रहोस् भन्ने दुआ भएको अध्यक्ष अन्सारीले बताए ।

इज्तेमामा नेपालको इतिहासमा पहिलो पटक धेरै संख्यामा मुस्लिमहरूको उत्साहजनक सहभागिता देखिएको छ ।

समापन कार्यक्रम पछि मो.गफुरको अध्यक्षतामा रहेको इज्तेमा कमिटी र मुस्लिम आयोगको निगरानी समितिको संयुक्त बैठकले कार्यक्रमको समीक्षा गर्दै नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेको छ ।

बैठकले प्रधानमन्त्री ओली तथा नेपाल प्रहरी प्रशासनलाई विशेष धन्यवाद दिएको छ ।

Published : Monday, 2020 February 17, 9:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया