आखिर के दाेष थियाे कपिलवस्तुकी सानी कुशुमकाे ?

कपिलवस्तु । कपिलवस्तु जिल्लामा करेन्ट लागेर एकजना बालिकाको ज्यान गएको छ ।

जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर २ मा करेन्ट लागेर एक बालिकाको ज्यान गएको हो ।

मायादेवी गाउँपालिकाको गंगापुर (भैसकुण्डा)का विजयकुमार पासीकी ६ वार्षीय छोरी कुशुम पासीको करेन्ट लागेर ज्यान गएको आफन्तले बताएका छन् ।

कुशुम स्थानीय श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा १ मा अध्यनरत थिइन् ।

घरबाट विद्यालय जाने क्रममा स्थानीय मौलाना कायुम मुसलमानको निर्माणाधीन घरमा रहेको हेण्ड पम्पको हेण्डल छुँदा करेन्ट लागि मृत्यु भएको प्रहरीले जनाएको छ ।

हेण्ड पम्पमा जडान रहेको मोटरबाट करेन्ट हेण्ड पम्पमा सप्लाइ भएर करेन्ट लागेको अनुमान गरिएको छ ।

Published : Thursday, 2020 February 13, 10:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया