दुईतिहाइवाला प्रचण्डलाई औकातमा बस्न तरुण उपाध्यक्षको चेतावनी

काठमाडौं । नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँले शान्ति नायक स्व.गिरिजाप्रसाद कोइराला र नेपाली कांग्रेसमाथि दाग लगाउने गरेर अभिव्यक्ति दिएको भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सचेत गराएका छन् ।

नेकपाको पार्टी मुख्यालय धुम्बाराहीमा बिहीबार कथित जनयुद्ध दिवसका नाममा आयोजित कार्यक्रममा प्रचण्डले स्व.गिरिजाप्रसाद कोइरालालाई तथानाम आक्षेपहरू लगाएका थिए । प्रचण्डले स्व.गिरिजाप्रसाद कोइरालाले आफूहरूलाई आक्रमण गर्न उकास्ने गरेको आरोप लगाएका छन् ।

प्रचण्डको यो अभिव्यक्तिले शान्ति नायक गिरिजाप्रसाद कोइरालाको अपमान भएको भन्दै तरुण दलका उपाध्यक्ष चापागाइँले यस्ता अराजक अभिव्यक्तिमा लगाम लगाउन चेतावनी दिएका छन् ।

नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकै कारण प्रचण्ड शान्ति प्रक्रियामा आएको उनले बताएका छन् ।

शान्ति प्रक्रियामा ल्याउन भूमिका खेलेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई सबै कुराको जानकारी रहेको भन्दै चापागाइँले भनेका छन्, ‘निधन भइसकेका स्व.गिरिजाप्रसाद कोइराकाविरुद्ध बोल्ने अधिकार प्रचण्डलाई छैन । शान्ति प्रक्रिया र गिरिजाप्रसाद कोइराला तथा प्रचण्डवीचका धेरै कुरा नेता कृष्णप्रसाद सिटौलालाई थाहा छ । यस्ता गलत कुरा नगर्न चेतावनी दिन चाहन्छौँ ।’

Published : Thursday, 2020 February 13, 9:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया