सभापति देउवामाथि आक्रमणको प्रयास

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बाटो अबरोध गर्ने प्रयास भएपछि नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता तथा कार्यकर्तावीच हानाहान भएको छ ।

ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा सोमबार बसेको बैठकाम सहभागी हुन पुगेका सभापति देउवालाई नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले समूहले नारावाजी गरेर बाटो अबरोध गर्न खोजेपछि संस्थापन समूहका नेविसंघका नेता तथा कार्यकर्ताले बाटो खुलाउन खोज्दा झडप भएको हो ।

झडपका क्रममा केही विद्यार्थी नेता तथा कार्यकर्ता सामान्य घाइते भएका छन् ।

नेतृत्व र आकर्षक पद हत्याउने दाउमा लागेका नेविसंघका नेताहरूको स्वार्थका कारण पार्टी कार्यालय सानेपामा नेविसंघका कार्यकर्ताहरू आपसमै भिडेका हुन् ।

सभापति शेरबहादुर देउवा निकटका नेविसंघका कार्यकर्ता र नेविसंघभित्र ३२ वर्षमुनिको नेतृत्व हुनुपर्ने पक्षमा रहेका कार्यकर्ताबीच झडप भएको थियो ।

सोमबार दिउँसो पनि दुई पक्षबीच झडप भएकोमा अपरान्ह केन्द्रीय समिति बैठक शुरु हुँदै गर्दा पुनः झडप भएको थियो ।

नेपाली कांग्रेस कार्यालय परिसरमा दुई पक्षीय कार्यकर्ता आपसमा मुक्कामुक्की र ढुंगाहानाहानमा उत्रिएका छन् ।

झडपमा दर्जन बढी नेविसंघका कार्यकर्ता घाइते भएका छन् । झडपका क्रममा बैठकमा सहभागी हुन पुगेका नेताहरूको गाडीमा समेत काफ्ले समूहले तोडफोड भएको छ ।

Published : Monday, 2020 January 27, 9:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया