गैर आवासीय नेपालीहरूको माग पूरा गर्नुपर्छः कांग्रेस नेता साउद

अष्ट्रेलिया । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाल बाहिर बसोबास गरिरहेका नेपालीहरूलाई गैर आवासीय नागरिकता दिनुपर्ने बताएका छन् ।

नेपाली जनसम्पर्क समिति, अष्ट्रेलियाले मेलबर्नमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले गैर आवासीय नेताहरूलाई नागरिकता दिन कांग्रेसले पहल गर्ने बताए ।

नेता साउदले संविधानमा व्यवस्था भैसकेको तर कार्यान्वयनमा ढिला भैरहेको भन्दै त्यसलाई आवस्यक कानून बनाएर यथासक्य छिटो कार्यान्वयनमा ल्याउन कांग्रेस पहल गर्ने बताए ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) पूर्वमहामन्त्री सरोज थापाले प्रजातन्त्रमा विश्वास गर्ने साथीहरूको अष्ट्रेलियामा उल्लेख्य उपस्थिति रहेको भन्दै खुसी व्यक्त गरे ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष केशव कंडेल, पूर्व अध्यक्ष टोनु घोताने, भिक्टोरिया संयोजक प्रेम कँडेलले नेपाली जनसम्पर्क समिति, अष्ट्रेलियाले प्रजातान्त्रिक साथीहरूलाई संगठित गर्दै सामाजिक कार्यमा पु¥याएको योगदानको प्रसंशा गरेका छन् ।

गैर आवासीय नेपाली संघका आईसीसी सदस्य दुर्गा आचार्य तथा बरिष्ठ सदस्य सोमप्रसाद गुरुङले अष्ट्रेलियामा रहेका सम्पूर्ण प्रजातन्त्रवादी नेपालीहरू एकजुट भएर महाधिवेशन सम्पन्न गर्नुपर्ने बताए ।

सुदूरपश्चिम समाज भिक्टोरियाका अध्यक्ष महादेव धानुक तथा लेबर पार्टी टार्नेट शाखाका अध्यक्ष डा.महेश भण्डारी लगयतले पनि शुभकामना दिएका थिए ।

नेपाली जनसम्पर्क समिति, अष्ट्रेलियाका सचिव गणेश पौडेलले सञ्चालन गरेको कार्यक्रमका सभापति बिनितराज शर्माले अहिले संस्थाभित्र रहेका असहमतिहरू सुल्झदै गएको बताए ।

Published : Monday, 2020 January 27, 11:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया