कोरोना भाइरस रोक्न कांग्रेसद्वारा माग

काठमाडौं । नेपाली कांग्रेसले नोवल कोरोना भाइरसबाट नेपाल पनि उच्च जोखिममा रहेको भन्दै यसबाट नेपालीको सुरक्षाका लागि गम्भीरतापूर्वक आवश्यक व्यवस्थापन गर्न कम्युनिस्ट सरकारसँग माग गरेको छ ।

नेपाल पनि कोरोना भाइरसबाट उच्च जोखिममा रहेको छ । चीनको हुबई प्रान्तको राजधानी बुहानबाट फैलन सुरु भएको कारोना भाइरस आधा दर्जन मुलुकमा फैलिसकेको छ ।

बुहान शहरमा विभिन्न विश्वविद्यालय, शिक्षण संस्थामा अध्ययनरत नेपाली विद्यार्थी र त्यहाँ रहेका नेपाली व्यवसायीसमेत जोखिममा रहेकाले उनीहरूलाई सुरक्षित तरिकाले यथाशीघ्र उद्धारका लागि आवश्यक व्यवस्था गर्न कांग्रेस संसदीय दल आग्रह गरेको हो ।

‘महामारीका रुपमा फैलन सक्ने कोराना भाइरस फैलन नदिन आवश्यक सुरक्षा व्यवस्था तथा संक्रमित व्यक्तिको उचित उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँछौँ’, प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Sunday, 2020 January 26, 7:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया