ओली–प्रचण्डको दलका अध्यक्ष आठ लाख घुससहित पक्राउ

वीरेन्द्रनगर । जाजरकोट जिल्लाको जुनिचाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी ८ लाख घुससहित पक्राउ परेका छन् ।

अध्यक्ष केसीलाई घुस लिने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार दिउँसो वीरेन्द्रनगरबाट ८ लाखसहित नियन्त्रणमा लिएको हो ।

तत्कालीन माओवादी केन्द्रबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका केसी अध्यक्षमा निर्वाचित भएका थिए । उनी हाल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा रहेका थिए ।

दिउँसो २ बजे उनीसहित अर्का एक व्यक्त चन्द्रबहादुर बस्नेत कटकुवा हेल्थपोस्ट नजिकैबाट पक्राउ परेका छन् ।

सडक निर्माण उपभोक्ता समितिको बिल पास गरिदिने नाममा घुस मागेको जानकारी आएपछि अख्तियारको उपभोक्ता समितिका पदाधिकारीको सहयोगमा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रवक्ता मघेराज सापकोटाले जानकारी दिएका छन् ।

कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले घुस खान नदिने भनेर अभिव्यक्ति दिइरहेका बेला उनकै पार्टीका जनप्रतिनिधि ८ लाख घुससहित पक्राउ परेका छन् ।

Published : Friday, 2020 January 24, 6:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया