राष्ट्रिय सभामा कांग्रेस शून्य, १८ मध्ये दुईमा राजपा विजयी

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम मतगणनाको नतिजा सबै सार्वजनिक भएको छ ।

बिहीबार साँझ सम्पन्न भएको मत गणनाअनुसार नेपाली कांग्रेसले एउटा पनि सिट जितेको छैन । राष्ट्रिय सभाको निर्वाचनमा निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस शून्य भएको हो ।

राष्ट्रिय सभा सदस्यमा महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूह गरी जम्मा १८ रिक्त पदमा ४५ जना चुनावी प्रतिस्पर्धामा रहेका थिए ।

उम्मेदवारमध्ये मतगणनाकोे अन्तिम परिणाम अनुसार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का उम्मेदवारहरू मात्रै विजयी भएका छन् ।

विजयी हुनेमा नेकपाबाट इन्दिरादेवी गौतम, गोपीबाहादुर सार्की अछामी, देबेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान रहेका छन् ।

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)बाट शेखरकुमार सिंह र मृगेन्द्रकुमार सिंह यादव विजयी भएका छन् ।

नेकपाका उम्मेदवारहरू गंगाकुमारी वेलवासे, बदेराम भुसाल, भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा विसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँर विजयी भएका छन् ।

Published : Thursday, 2020 January 23, 9:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया