कांग्रेस निकटका पत्रकारहरूको महाविधेशन चैतमा
भतरपुर । नेपाली कांग्रेस निकटका पत्रकारहरूको साझा संस्था नेपाल प्रेस युनियनले ९औँ महाविधेशन चैत महिनामा गर्ने निर्णय गरेको छ ।
चितवनमा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले ९औँ महाधिवेशन चैतको २१ र २२ गते गर्ने निर्णय गरेको सल्लाहकार शिव लम्सालले जानकारी दिए । महाधिवेशन नेपालगञ्जमा हुनेछ ।
पटक पटक स्थगित हुँदै आएको युनियनको महाधिवेशनको मिति तोक्न नेतृत्वलाई दवाव पर्दै आएको थियो । युनियनका काठमाडौंसहितका जिल्लाहरूमा अधिवेशन गर्नुपर्ने पनि छ ।
९औँ महाधिवेशनमा अध्यक्षका लागि अहिलेको कार्यसमितिका पदाधिकारीहरूले प्रतिस्पर्धागर्ने छन् ।
युनियनका सल्लाहकार शिव लम्साल, महासचिव अजयबाबु सिवाकोटी, उपाध्यक्ष दीपक आचार्यलगायतकाले अध्यक्षमा आफ्नो दाबी प्रस्तुत गर्दै आएका छन् ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया